
लुम्बिनी प्रदेश सरकारले बड्का अत्तवारी पर्वको अवसरमा ८ भदौ आइतबार थारू समुदायको बसोबास धेरै रहेका ६ जिल्लामा सार्वजनिक बिदा दिने भएको छ।
थारू समुदायको बसोबास बढी रहेको दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । थारू समुदायमा महत्त्वका साथ मनाइने बड्का अत्तवारी पर्व यस वर्ष ८ भदौ आइतबार परेको जनाइएको छ ।