मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 21 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

झुमा लिम्बूले ‘जारी २’ टिमसँग मिलेर ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२१:oo

गायिका झुमा लिम्बू एन्ड द रैथाने ब्यान्डले आगामी असोज ३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जारी २’को सहकार्यमा ‘रैथाने घुमफिर कन्सर्ट २०८२’ आयोजना हुने भएको छ । जसको सुरुवात आगामी भदौ २१ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबबाट हुने भएको हो । जहाँ प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘जारी २’को टिमले च्याब्रुङ नाचसमेत प्रस्तुत गर्नेछ।

रैथाने घुमफिरमा झुमाले नेपालका विभिन्न १० सहरमा प्रस्तुति दिनेछिन्। जसमा उनको ब्यान्डको सोलो प्रस्तुति रहनेछ। त्यसका अलावा जुन ठाउँमा कन्सर्टको आयोजना हुनेछ, त्यहाँको स्थानीय कला, संस्कृति र गीतसंगीतलाई विशेष प्राथामिकतामा राखिने गायिका लिम्बू बताउँछिन्।

यो सांगीतिक यात्रामार्फत सांस्कृतिक पहिचानलाई प्रवर्धन गर्ने उद्देश्य लिइएको छ। विभिन्न सहर र गाउँमा पुगेर स्थानीय लोकसंगीत हाक्पारे पालाम, च्याब्रुङ, घाँटु, सोरठी, देउडा, मारुनीलगायत संगीत र नृत्यलाई केन्द्रमा राखेर सांगीतिक प्रस्तुति हुनेछ।

लोकसंगीत, केवल मनोरञ्जनको माध्यम मात्र नभई नेपालको मौलिक सांस्कृतिक जीवनशैली, इतिहास र सामुदायिक एकताको प्रतिबिम्ब भएको गायिका लिम्बूले बताइन्। ‘यो यात्राले संस्कृति र संगीतलाई नयाँ पुस्तामा पुर्‍याउने आशा लिएका छौँ। ‘रैथाने घुमफिर’ले गाउँ र सहरको संगीत र संस्कृतिलाई जोड्न एउटा पुलको रूपमा उभिनेछ,’ उनले भनिन्।

यो रैथाने घुमफिर यो वर्ष नेपालमा मात्रै आयोजना हुनेछ । अर्को वर्ष यसलाई विदेशमा समेत लैजाने योजना गायिका झुमा लिम्बूको छ। हरेक प्रस्तुतिमा स्थानीय कलाकार, वाद्यवादन र संस्कृतिको सम्मान गर्दै विविधता प्रदर्शन गरिने बताइएको छ। ‘रैथाने घुमफिर’का अन्य कार्यक्रम बिस्तारै सार्वजनिक गरिने बताइएको छ।