
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बिहीबारको प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक बहिष्कार गरेका हुन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराएलगत्तै राप्रपा र रास्वपाका सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुख घिमिरेले रास्वपा सांसद शिव नेपालीलाई बोल्न समय दिएका थिए । उनले लोकतन्त्रको विरासत धन्ने दलहरूले उपसभामुख इन्दिरा रानामगरबारे भएको अवमूल्यनले लोकतन्त्रमा खतरा उत्पन्न गराएको जानकारी गराए ।
त्यसपछि सभामुख घिमिरेले राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई बोल्ने समय दिए । उनले पनि सधैँजस्तै भिजिट भिसा प्रकरणमा आफूहरूले उठाउँदै आएको मागबमोजिम समिति गठन नभएकाले र गठन नहुँदासम्म आफूहरूको विरोध जारी रहने बताए । दुवै दलका सांसदहरू बोलेपछि दुवै पार्टीका सांसदहरू सांसद बैठक कक्षबाट बाहिरिएका छन् ।