
विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयहरूलाई कडाइ गर्ने गरी व्यवस्था गर्न लागिएको भन्दै प्याब्सन र एन प्याब्सनले भोलिदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। बुधबार संयुक्त पत्रकार सम्मेलन गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको हो ।
विधेयकमा पूर्ण छात्रवृत्ति शब्द राख्न नहुने, पूर्ण छात्रवृत्ति दिन नसकिने, गैरनाफामूलक बनाउन नहुने, छात्रवृत्ति वितरण गर्दा अधिकार सम्बन्धित विद्यालयमा हुनुपर्ने, निजीका विद्यार्थीलाई मात्र उच्च शिक्षामा छात्रवृत्ति दिन नहुनेलगायत माग प्याब्सन र एन प्याब्सनले राखेका छन्। माग पूरा नभए निजी विद्यालयहरूले ९ भदौदेखि विद्यालय नै बन्द गर्ने एन प्याब्सनका केन्द्रीय अध्यक्ष सुभाष न्यौपानेले बताए ।