
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी)ले चाडपर्वलाई लक्षित गर्दै विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन् ।
बैंकका अनुसार हाल गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरिएको छ । यो यसै भदौ महिनाको आधारदर ५.७९ प्रतिशतमा ०.५ प्रतिशत थप गरी ६.२९ प्रतिशत कायम गरिएको हो ।
दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकवर्गलाई थप सहजता हुने बैंकले अपेक्षा गरेको छ । सीमित समयका लागि लागू रहने यस योजनाअन्तर्गत ग्राहकले बैंकका देशभरका शाखाबाट यस्तो कर्जा लिन सक्नेछन् ।