मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 16 August, 2025
मुख्य समाचार

विशेष अदालतका अध्यक्ष र सदस्यको सरुवा सिफारिस 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:५२:oo

न्यायपरिषद्ले विशेष अदालतमा अध्यक्षसहित ६ न्यायाधीशको जिम्मेवारी हेरफेरका लागि सिफारिस गरेको छ ।

शुक्रबार बसेको परिषद्को बैठकले अध्यक्षमा सुदर्शनदेव भट्ट र सदस्यमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, उमेश कोइराला तथा डिल्लीरत्न श्रेष्ठको सिफारिस गरेको हो । भट्ट उच्च अदालत जनकपुर तथा पौडेल वीरगन्ज, रावल सुर्खेत, कोइराला वीरगन्ज र  श्रेष्ठ जुम्लामा कार्यरत थिए ।  विशेषमा गत पुस अन्तिममा मात्र विदुर कोइराला सदस्य तोकिएकोमा उनी यथावत् छन् ।  

हाल विशेषका अध्यक्ष रहेका टेकनारायण कुँवरसमेतका बाँकी सदस्यहरूकाे भने ०८० मंसिरमा त्यहँ सरुवा भएको थियो । अध्यक्ष कुँवरलाई परिषद्ले उच्च अदालत जनकपुर, सदस्य तेजनारायणसिंह राईलाई उच्च अदालत पोखरा र रामबहादुर थापालाई जनकपुरको राजविराज इजलासमा रहने गरी सरुवा गरिएको छ । विशेषका अर्का सदस्य मुरारीबाबु श्रेष्ठलाई पनि उच्च अदालत जनकपुर, रितेन्द्र थापालाई जनकपुरको अस्थायी इजलास वीरगन्जमा सरुवा गरिएको छ ।