मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ३१ शनिबार o६:१६:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

विषाक्त मदिरा सेवनबाट कुवेतमा कम्तीमा नौ नेपालीको मृत्यु

मंगलबार मदिरा सेवन गरेका ३५ नेपाली कुवेतका ६ अस्पतालमा उपचाररत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार o६:१६:oo

कुवेतमा विषाक्त मदिरा सेवनबाट तीन दिनमा कम्तीमा नौजना नेपाली श्रमिकको मृत्यु भएको छ । मंगलबार मदिरा सेवनबाट बिरामी परेकामध्ये नौजनाको मृत्यु भएको र ३५ जना विभिन्न ६ अस्पतालमा उपचाररत रहेको कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले बताए । यद्यपि, नाम खुलिसकेको छैन । अस्पताल भर्ना भएका अधिकांश आइसियूमा छन् । ‘कतिपयको आँखा बन्द भएको, मिर्गौला फेल भएको जस्ता विवरण आएका छन् । अझै विस्तृत बुझ्ने क्रममा छौँ,’ राजदूत लम्सालले भने । 

अति प्रज्वलनशील मेथानोल मिसिएको मदिरा सेवनबाट श्रमिकको ज्यान गएको कुवेती अधिकारीहरूले दूतावासलाई जानकारी दिएका छन् । कुवेतको स्वास्थ्य मन्त्रालयले मदिरा सेवनबाट एसियाली मूलका कम्तीमा २३ जनाको मृत्यु भएको र १६० जना अस्पतालमा भर्ना भएको बताएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार ३१ जनाको उपचार भेन्टिलेटरमा भइरहेको छ भने ५१ जनाको मिर्गौला फेल भएर डायलाइसिस सुरु भएको छ । २१ जना पूर्ण वा आंशिक रूपमा आँखा देख्न नसक्ने अवस्थामा पुगेका छन् । अस्पताल भर्ना भएकामध्ये ४० जना भारतीय नागरिक रहेको मन्त्रालयलाई उद्धृत गर्दै अरब टाइम्सले उल्लेख गरेको छ ।

कुवेतस्थित दूतावासका श्रमसहचारी गिरीप्रसाद आचार्यका अनुसार उपचाररतमध्ये केहीले मदिरामा विषादी रहेको थाहा नपाई सेवन गरेको बताएका छन् । ‘कुवेतमा मदिरा प्रतिबन्धित छ । मदिरा बेच्ने र सेवन गर्ने दुवै कानुनी कारबाहीको भागीदार हुनुपर्छ,’ श्रमसहचारी गिरीप्रसाद आचार्यले भने, ‘हामीले मदिरा सेवन नगर्न विगतमा पनि भन्दै आएका थियौँ ।’ कुवेतमा नेपालीको संख्या एक लाख ६० हजार छ ।