
वैज्ञानिकहरूले चिलीको प्याटागोनियामा डायनाेसरको समयमा बाँचेको साना मुसाको आकारको स्तनपायीको जीवाश्म फेला पारेका छन् ।
‘येउथेरियम प्रेसर’को तौल ३० देखि ४० ग्राम (लगभग एक औँस) को थियो र माथिल्लो क्रिटेसियस कालमा करिब सात करोड ४० लाख पहिले बस्थे ।
यो दक्षिण अमेरिकाको यस क्षेत्रमा फेला परेको सबैभन्दा सानो स्तनपायी हो, जुन युगमा यो गोन्डवाना भनेर चिनिने महाद्विपीय भू–भागको हिस्सा थियो ।
चिली विश्वविद्यालय र चिलीको मिलेनियम न्युक्लियस अनुसन्धान केन्द्रका प्रारम्भिक स्तनपायीहरूमा वैज्ञानिकहरूको टोलीको नेतृत्व गर्ने हान्स पुसेलले भने, ‘जीवाश्ममा एउटा दाँतसहितको बंगाराको सानो टुक्रा र अन्य दुई दाँतका मुकुट र जरा छन् ।’
यो खोज यस महिना बेलायती वैज्ञानिक पत्रिका प्रोसिडिङ्स अफ द रोयल सोसाइटी ‘बी’मा प्रकाशित भएको थियो ।
अनुसन्धानकर्ताहरूले सान्टियागोबाट करिब तीन हजार किलोमिटर (एक हजार आठ सय ६४ माइल) दक्षिणमा चिलीको म्यागालेन्स क्षेत्रको रियो डे लास लास चिनस उपत्यकामा यो जीवाश्म फेला पारेका हुन् ।
सानो मुसासँग मिल्दोजुल्दो भए पनि ‘येउथेरियम प्रेसर’ एक स्तनपायी थियो जसले प्लेटिपसजस्तै अन्डा दिएको हुनुपर्छ वा यसको बच्चालाई कंगारू वा ओपोसमजस्ता थैलीमा बोकेको हुनुपर्छ ।
यसको दाँतको आकारले यसको खानामा सम्भवतः अपेक्षाकृत कडा तरकारीहरू थिए भन्ने देखाउँछ ।
आफूसँग सहअस्तित्व भएका डायनाेसरहरू जस्तै यो सानो स्तनपायी पनि क्रिटेसियस कालको अन्त्यमा करिब ६ करोड ६० लाख वर्ष पहिले अकस्मात् लोप भयो ।