
नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर कृतिशरत्न छुन्जू नेपाल कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।
कलेजले मंगलबार आफ्नै भवनमा उनलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो। सो कार्यक्रममा कलेजका प्रमुख विनोद दवाडी, अखिल नेपाल फुटबल संघका महासचिव किरण राईलगायतको उपस्थिति थियो।
उनलाई नगद र मायाको चिनोसहित सम्मान पनि गरेको छ। एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्धको खेलमा उनले डेब्यु गरेका थिए।