Skip This
रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २३ शुक्रबार
  • Friday, 08 August, 2025
नयाँ पत्रिका रुकुमपश्चिम
२o८२ श्रावण २३ शुक्रबार २१:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुकुमपश्चिम
नयाँ पत्रिका
२o८२ श्रावण २३ शुक्रबार २१:o४:oo

त्रिवेणी गाउँपालिका– ४, खुम्चेरीको भित्री सडकखण्डमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज दिउँसो त्रिवेणी गाउँपालिका ३ र ६ मा पर्ने झुल्नेटा बजारबाट खुम्चेरीतर्फ किराना सामान लिएर जाँदै गरेको लुप्र ०१—००१त ७८७ नम्बरको ट्रयाक्टर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा सल्यानको दार्मा गाउँपालिका– ५ का २८ वर्षीय बुद्धिमान खड्का रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब दुई सय ५० मिटर तल खसेको थियो ।