Skip This
सप्तरीमा प्रहरीको गोलीबाट लालु यादवको मृत्यु प्रकरण : मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Friday, 08 August, 2025
सौरभ यादव राजविराज
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा प्रहरीको गोलीबाट लालु यादवको मृत्यु प्रकरण : मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

सप्तरीको राजगढ गाउँपालिका– २ मा प्रहरीले चलाएको गोली लागेर स्थानीय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लालु यादवको मृत्यु भएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ। 

आयोगले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे छानबिन गर्न मधेश प्रदेश कार्यालयबाट एक अधिकृतस्तरको टोली घटनास्थलतर्फ पठाएको आयोगका सहसचिव बद्रीनारायण  सहनीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। 

मंगलबार राति भारततर्फ मदिरा तस्करी भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गोली चलाउँदा यादवको मृत्यु भएको थियो। यस घटनापछि मृतकका परिवार र स्थानीयवासी आक्रोशित बनेका थिए। उनीहरूले बुधबार दिनभर प्रदर्शन गर्दै दोषीमाथि कारबाहीको माग गरेका थिए। आन्दोलनले उग्र रूप लिएपछि बिहीबार प्रशासन र पीडित पक्षबिच भएको वार्तामा सहमति जुटेको थियो।