
साउन २३ गते शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र ‘सिटामोल’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ। देशभरका अधिकांश मल्टिप्लेक्स हलले अग्रिम टिकट बुकिङ खुला गरिसके पनि केही हलमा खुल्ने चरणमा छ।
चलचित्रका प्रचार सामग्रीले दर्शकमाझ बनाएको हाइपलाई मध्यनजर गर्दै मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘सिटामोल’लाई राम्रो साे उपलब्ध गराएका निर्माण पक्षले जनाएको छ। देशकै ठुलो मल्टिप्लेकस चेन क्युएफएक्सले ‘सिटामोल’लाई काठमाडौं उपत्यकामा १५ र मोफसलमा १६ गरी देशभरका चेनमा ३१ साे दिएको हो।
अर्को मल्टिप्लेक्स चेन आइएनआई सिनेमाजले आफ्ना चार आउटलेटमा ११ साे, बिग मुभिजले दुई साे, एफक्युब सिनेमाजले तीन साे, बिएसआर मुभिजले दुई साे, वान सिनेमाजले ६ साे, सिने डी सेफले तीन साे, कीर्तिपुर सिनेप्लेक्सले दुई साे उपलब्ध गराएका छन्।
रञ्जना, विश्वज्योति, सिके सिनेमाजलगायत काठमाडौंसहित मोफसलमा धेरै सहरका हलमा अग्रिम टिकट बुकिङ खुल्ने चरणमा रहेकाले ‘सिटामोल’ले शुक्रबारसम्म करिब १५० भन्दा बढी साेसहित प्रदर्शनमा आउने अपेक्षा निर्माण टिमको छ।
राजबहादुर साने निर्देशित चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकारहरू करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।
तुल्सीदेवी फिल्म प्रालिले जुनतारा फिल्मसकाे सहकार्यमा निर्माण गरेको चलचित्रको कथा प्रदीप भारद्वाज र सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको चलचित्रमा भूगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्माता छन्।
बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, साउन्ड डिजाइनर मुकेश शाह, द्वन्द्व निर्देशन देव महर्जन र शंकर महर्जन, राकेश दाहालको पोस्टर डिजाइन, प्रोडक्सन म्यानेजर विकास तामाङ र धनबहादुर राई रहेको सिनेमालाई दिव्य सुवेदीले खिचेका हुन्।