मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार १७:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदभित्रको निषेध, विभेद र सिन्डिकेटले लोकतन्त्रमाथि नै प्रश्न उठ्यो : प्रभु साह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार १७:११:oo

आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले संसदभित्रको निषेध, विभेद र सिन्डिकेटले लोकतन्त्रमाथि नै प्रश्न उठिरहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै साहले तटस्थ र सम्मानित सभामुखसमेत ‘हल्का’ र ‘विवादित’ भइरहेको बताए।

‘आजकाल संसद् संसद्जस्तो छैन। संसदभित्रको नकारात्मक क्रियाकलापले संसद्को गरिमा खस्किँदै गइरहेको हामीले देखिरहेका छौँ। तटस्थ र सम्मानित सभामुखसमेत हल्का र विवादित भइरहेको हामीले हेरिरहेका छौँ,’ उनले भने, ‘संसदभित्रको निषेध, विभेद र सिन्डिकेटले सिंगै लोकतन्त्रमाथि प्रश्न उठिरहेको छ। राज्य र सरकारलाई नियमन गर्ने राज्यको सर्वोच्च निकाय संसदमा निषेध कत्तिको उचित छ भन्ने प्रश्न गर्न चाहन्छु।’ 

साना दलहरूमाथि संसदमा निषेध भइरहेको बताउँदै उनले एक सिट भएका तीन दलहरूलाई कार्य व्यवस्था परामर्श समितिमा किन निषेध गरिएको भन्दै जवाफ माग गरे। ‘संवैधानिक समितिहरू, सार्वजनिक सुनुवाइ समितिलगायतका कैयौँ संवैधानिक समितिहरूमा एक सिटवाला सांसद भनेर निषेध गरिएको छ, के त्यसलाई नै लोकतन्त्र भन्छ? त्यो निषेध होइन भने के समानता हो ?’ उनले प्रश्न गरे।

ठुलो दलका सांसद उभिँदा संसद् अवरुद्ध हुने, तर दुई दलले ७० दिनदेखि संसद् बहिष्कार गर्दासमेत अवरुद्ध नहुने भन्दै साहले संसद् बहिष्कार गर्ने दलहरूसँग वार्ता गर्न नचाहनु सरकार र ठुला दलको दम्भ भएको टिप्पणी गरे।