
सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने अफर सार्वजनिक गरेको छ।
सीमित अवधिको लागि उपलब्ध यो अफरअन्तर्गत ग्राहकहरूले ग्यालेक्सी वाच ८ सिरिज र बड्स ३ लाइनअपजस्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउने कम्पनीले जनाएको छ।सामसङको नयाँ फ्ल्यागसिप, ए–सिरिज वा एम–सिरिजका स्मार्टफोनहरू खरिद गर्दा ग्यालेक्सी वाच र बड्समा ३२ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ।
यो मल्टी–बाई अफरले ग्राहकलाई आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिन्छ। ग्यालेक्सी वाच ८ क्लासिक वा बड्स ३ प्रोजस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर ग्राहकले आफ्नो अनुभवलाई अझ स्मार्ट र शक्तिशाली बनाउन सक्नेछन्। स्वास्थ्य निगरानी, सहज कनेक्टिभिटी वा उत्कृष्ट अडियो अनुभवका लागि यी ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले ग्राहकको स्मार्टफोनलाई थप उपयोगी बनाउँछन्।
यो विशेष मल्टी–बाई अफर लिनका लागि वेबसाइटमा गई आफ्नो नजिकको रिटेलर छान्नुहोस् र दर्ता गरी २ हजार रुपैयाँको अग्रिम रकम अनलाइन भुक्तानी गर्नुहोस्। प्रमाणीकरणपछि प्राप्त ओटिपी सुरक्षित राख्नुहोस् र ५–७ दिनभित्र ओटिपीसहित रिटेलरमा जानुहोस्।
यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध छ र नेपालभरका अधिकांश सामसङ अधिकृत स्टोरहरूमा मान्य छ। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकहरूले ० प्रतिशत ब्याजदरमा सहज इएमआई योजनाबाट नयाँ डिभाइसहरू प्राप्त गर्न सक्नेछन्। प्रक्रिया निकै सरल छ—केवल आफ्नो नागरिकता प्रमाणपत्र भए पुग्छ।