मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format १२:o८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुर जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o८:oo

नवलपुर जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्धविच्छेदका मुद्दा दर्ता भएका छन् । नवलपुर जिल्ला अदालतमा अघिल्लो वर्षको बाँकी रहेका ४४९ वटा मुद्दा र आर्थिक वर्ष ०८१/८२ मा नयाँ दर्ता भएका एक हजार ३५३ वटा गरी एक हजार ८०२ वटा मुद्दा दर्ता भएकामध्ये सम्बन्धविच्छेदका मात्रै मुद्दा ६४३ वटा रहेका छन् ।

नवलपुर जिल्ला अदालतका स्रेस्तेदार गम्भीर घिमिरेका अनुसार अदालतमा आएका यस्ता सम्बन्धविच्छेदका मुद्दालाई सकेसम्म श्रीमान्–श्रीमतीबिच छलफल गराएर पुनर्मिलन गरेर पठाउने गरिएको छ । यसैबिच नवलपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षको बाँकी रहेका ४२६ वटा मुद्दा र आर्थिक वर्ष ०८१/८२ मा दर्ता भएका ८७६ वटा मुद्दा गरी एक हजार ३०२ वटा मुद्दा आर्थिक वर्ष ०८१/८२ मा फर्स्याेट भएको नवलपुर जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद ज्ञवालीले जानकारी दिए ।    

नवलपुर जिल्ला अदालतको तथ्यांकअनुसार जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये एकतिहाइभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका आउने गरेका छन् । नवलपुर जिल्ला अदालतमा गत वर्षको बाँकी ४४९ वटा र नयाँ दर्ता भएका एक हजार ३५३ वटा गरी एक हजार ८०२ वटा मुद्दा रहेका थिए । तीमध्ये एक हजार ३०२ वटा मुद्दाको फैसला भएको न्यायाधीश कमलप्रसाद ज्ञवालीले बताए ।  

उनका अनुसार जिल्ला अदालत नवलपुरले यस वर्ष एक हजार ३१५ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको थियो । नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरूमध्ये गत वर्षको २३ वटा र आर्थिक वर्ष ०८१/८२ मा दर्ता भएकामध्ये ४७७ वटा गरी पाँच सयवटा मुद्दा फैसला हुन बाँकी रहेको छ ।

फैसला हुन बाँकी मुद्दाहरूमध्ये सरल किसिमका मुद्दा २३२ वटा, सामान्य किसिमका मुद्दा २५३ वटा र विशेष प्रकारका मुद्दा १५ वटा गरी पाँच सय वटा मुद्दा फैसला हुन बाँकी रहेको उनले बताए ।