
बुधबारदेखि सुरु हुने नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) प्रदर्शनीमा टिभिएसका विभिन्न दुईपांग्रे सवारीसाधन सार्वजनिक हुने भएका छन् । २५ साउनसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुने उक्त प्रदर्शनीमा टिभिएसले बहुप्रतीक्षित प्रिमियम कनसेप्ट मोटरसाइकल, आइसिई इन्जिन तथा इलेक्ट्रिक स्कुटरको नयाँ सिरिज सार्वजनिक गर्न लागेको हो ।
कम्पनीअनुसार टिभिएसको स्टल एल३ए (हल बी)मा प्रस्तुत गरिने नयाँ मोडेलमा रोनिन, स्पोर्टी एनतोर्क, स्मार्ट इलेक्ट्रिक स्कुटर आइक्युब र विश्वासिलो जुपिटरलगायतका दुईपांग्रे सवारीसाधन रहनेछन् । साथै, ब्रान्डको इनोभेसनप्रतिको प्रतिबद्धता झल्काउने कस्टम बाइक तथा फ्युचरिस्टिक कनसेप्ट बाइकहरू पनि पहिलोपटक सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
टिभिएसको स्टलमा आउने सबैले लक्की ड्रबाट आकर्षक उपहार जित्ने मौकासमेत पाउनेछन् । सहभागीलाई टिभिएस प्रिमियम हेल्मेट र टिभिएस प्रडक्टमा लाइफटाइम वारेन्टीजस्ता विशेष योजना रहनेछन् ।