Skip This
धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप, ४ राउन्ड हवाई फायर 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
२o८२ श्रावण २१ बुधबार २१:५८:oo
Read Time : < 1 मिनेट
समाचार

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप, ४ राउन्ड हवाई फायर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार २१:५८:oo

भारतबाट तस्करी गरेर ल्याएको सामान नियन्त्रणमा लिने क्रममा धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबिच झडप भएको छ। झडपपछि प्रहरीले चार राउन्ड हवाई फायर गरेर तस्करीका केही सामान बरामद गरेको छ। 

 विदेह नगरपालिका–२, दुहवीस्थित आँप बगैँचामा साउन २१ गते साँझ करिब सवा ८ बजेको समयमा भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान नियन्त्रणमा लिने क्रममा झडप भएको हो।

    सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म महिनाथपुबाट डिएसपीको  कमान्डमा रहेको सुरक्षा फौजले उक्त तस्करीको सामान नियन्त्रणमा लिन खोज्दा तस्कर र स्थानीय बासिन्दा जम्मा भई  सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको बताइको छ। 

 स्थितिलाई नियन्त्रणमा लिने  क्रममा सशस्त्र प्रहरी बलले एसएलआरबाट ४ राउन्ड हवाई फायर गरेको छ। झडपपछि स्थानीयले तस्करीको केही सामान लुकाएका छन् भने एउटा मोटरसाइकल र केही सामान बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।