Skip This
साढे तीन सय किमि सडक निर्माण गरेको मुख्यमन्त्रीको दाबी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
Invalid date format o८:४८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

साढे तीन सय किमि सडक निर्माण गरेको मुख्यमन्त्रीको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:४८:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पछिल्लो एक वर्षमा सरकारले साढे तीन सय किलोमिटर सडक निर्माण गरेको दाबी गरेका छन् । मुख्यमन्त्री शाहले धनगढीमा मंगलबार पत्रकार सम्मेलन गरेर आफ्नो एकवर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्दै यस्तो दाबी गरेका हुन् । 

मुख्यमन्त्री शाहले सरकारले एक वर्षको अवधिमा प्रदेशभरि एक सय ६ किलोमिटर सडक कालोपत्रे गरेको, एक सय दुई किलोमिटर सडक ग्राभेल र एक सय ४६ किलोमिटर कच्ची सडक निर्माण गरेको बताए । यो अवधिमा ६ वटा सडक–पुल निर्माण, भूमिगत र सतह सिँचाइ आयोजनामार्फत एक हजार तीन हेक्टरमा सिँचाइ सुविधा विस्तार र बाढीबाट बस्ती तथा खेतीयोग्य जमिन बचाउन २६.८३ किलोमिटर तटबन्ध निर्माण गरेर ३७.५ हेक्टर जमिन उकास गरेको मुख्यमन्त्री शाहले बताए।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि गत वर्ष २० साउनमा उनी दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । त्यसको एक वर्ष पुगेको अवसरमा मंगलबार उनले प्रदेश सरकारका सबै मन्त्री र मन्त्रालयका सविचवहरूलाई राखेर उपलब्धि सार्वजनिक गरेका हुन् । आफू नेतृत्वको सरकारले सडक, सिँचाइ, खानेपानी, भवन आदि पूर्वाधार निर्माण, कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि तथा शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको उनले दाबी गरे । उनले प्रदेश राजधानीका सन्दर्भमा तोकिएकै ठाउँमा जग्गा प्राप्तिको प्रयाससँगै विकल्पबारे पनि छलफल भइरहेको जानकारी दिए ।