मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अभौतिक मुद्राको कारोबारमा संलग्न व्यक्ति पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२o:oo

अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा भक्तपुरकाे मध्यपुर थिमि नगरपालिका– ३, कौशलटार बस्ने मकवानपुरकाे हेटौँडा उपमहानगरपालिका– १६, चिसापानी घर भएका २१ वर्षीय सुशान्त दाहाललाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौं महानगरपालिका– १४, कलंकीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न दाहाललाई पक्राउ गरेको हो।

उनले अभौतिक मुद्राको प्रयोग गरी नगद ७८ लाख ३० हजार ३८८ रुपैयाँभन्दा बढी रकमको कारोबार गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ।