मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २१ बुधबार
  • Wednesday, 06 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २१ बुधबार o७:१४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चर्च ब्वाइजको कठिन जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २१ बुधबार o७:१४:oo

चर्च ब्वाइज युनाइटेडले मंगलबार एन्फा यू–१६ युथ लिगमा चर्च ब्वाइज युनाइटेडले हिमालयन शेर्पालाई २–० ले हराएको छ । चर्च ब्वाइजको जितमा सुशन थापामगर र सुनील दंगालले समान एक गोल गरेका थिए । तर, खेलको ६२औँ मिनेटमा मुख्य प्रशिक्षक प्रज्वलप्रताप क्षेत्रीले दोहोरो पहेँलो कार्ड पाए । प्रशिक्षकलाई दिइएको दोहोरो पहेलो कार्डलाई लिएर विवाद भयो । जसका कारण खेल ३५ मिनेट रोकिएको थियो । ११ खेलमा २० अंक जोडेको चर्च ब्वाइज छैटौँ स्थानमा छ । हिमालयन समान खेलबाट १४ अंकका साथ नवौँ स्थानमा छ ।

न्युरोड टिम (एनआरटी)ले सातदोबाटो युथ क्लबविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ । जितसँगै ११ खेलमा १२ अंक जोडेको एनआरटी १०औँ स्थानमा उक्लिएको छ । ११ वटै खेलमा पराजित सातदोबाटो अंकविहीन छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा सुगम रानाले गरेको एक मात्रै गोल एनआरटीलाई जित दिलाउन पर्याप्त बन्यो । उनले खेलको ४४औँ मिनेटमा गोल गरेका थिए ।

जावलाखेलको पुनरागमन 
जावलाखेल युथले लिगमै मच्छिन्द्र फुटबल क्लबविरुद्ध २–१ को पुनरागमन जित दर्ता गरेको छ । जितसँगै ११ खेलमा १६ अंक जोडेको जावलाखेल आठौँ स्थानमा उक्लिएको छ । मच्छिन्द्र समान खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन आर्यन नाथ र सुजन तामाङले समान एक गोल गरे । मच्छिन्द्रका लागि राहुलकुमार योञ्जनले अग्रता गोल गरेका थिए ।