मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २० मंगलबार १२:२६:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सानिमा बैंक र पाटन अस्पतालबिच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १२:२६:oo

सानिमा बैंक र पाटन अस्पतालबिच विपन्न महिलाहरूको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रअन्तर्गत आगामी एक वर्षका लागि सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि उक्त अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ ।

बैंकले ०७४ सालदेखि विपन्न महिलाहरूको उपचारका लागि उक्त अस्पतालमार्फत आर्थिक सहयोग गर्दै आइरहेको छ। सानिमा बैंकले प्रत्येक ‘नारी बचत खाता’ खोलेबापत बैंकको तर्फबाट मासिक रु. एकको दरले नारी राहत कोषमा रकम जम्मा गर्दै आएको छ। सो कोषमा जम्मा भएको रकम देशभरका विभिन्न अस्पतालमार्फत विपन्न नारीहरूको उपचारमा सहयोग गर्दै आएको छ ।

पाटन अस्पतालपरिसरमा आयोजित एक कार्यक्रममा पाटन अस्पतालका निर्देशक डा. रवि शाक्य र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सानिमा बैंकको देशका सातै प्रदेशमा १३४ कार्यालय र १२७ वटा एटिएम सञ्चालनमा रहेका छन् ।