मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २० मंगलबार १३:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

छानबिन समितिले सभामुखलाई बुझायाे कुलिङ पिरियड छेडखानीसम्बन्धी प्रतिवेदन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार १३:४o:oo

संघीय निजामती सेवा विधेयकको कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय समितिले सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएको छ ।

लामो छलफलपछि आज बिहान पारित भएको प्रतिवेदन समितिले सभामुख घिमिरेलाई बुझाएको हो ।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा आयोजित एक कार्यक्रमबिच सभामुख घिमिरेलाई प्रतिवेदन बुझाइएको संसद् सचिवालयले जनाएको छ ।

यो प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडलाई मुख्य जिम्मेवार बनाइएको छ । छानबिन समितिमा कांग्रेसका सांसद जीवन परियार सभापति छन् भने कंग्रेसका सांसद सुशीला थिङ सदस्य छिन् ।

नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायणप्रसाद आचार्य सदस्य छन् । माओवादी केन्द्रबाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् ।