
स्थानीय बजारमा मङ्गलवार सुनचाँदीको मूल्य बढेको छ ।
आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर एक लाख ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रुपैयाँमा कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २५ रुपैयाँले बढेर २ हजार २८० रुपैयाँका कारोबार भइरहेको छ । मङ्गलवार चाँदी २ हजार २ सय ५५ रुपैयाँका कायम भएको थियो ।