मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २० मंगलबार
  • Tuesday, 05 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २० मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मेटलाइफ नेपाललाई  ‘ग्रेट प्लेस टु वर्क’ प्रमाणपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २० मंगलबार ११:३५:oo

मेटलाइफ नेपालले ‘ग्रेट प्लेस टु वर्क’को मान्यता प्राप्त गरेको छ । सर्भेमा भाग लिएका ३३ वटा मेटलाइफ कार्यालयसँगै मेटलाइफ नेपाल यो सूचीमा समावेश भएको हो । यो उपलब्धिले मेटलाइफको निरन्तर प्रतिबद्धतालाई झल्काउने बताउँदै कम्पनीले सबै कर्मचारी सम्मानित, सुरक्षित र प्रेरित महसुस गर्ने जनाएको छ । 

गत महिना मेटलाइफका विश्वभर ३३ बजारका २४ हजारभन्दा बढी कर्मचारीले ग्रेट प्लेस टु वर्क इन्डेक्स सर्वेक्षणमा सहभागिता जनाएका थिए, जुन विश्वव्यापी रूपमा कर्मचारी अनुभव मापन गर्ने एक उच्च मापदण्डका रूपमा मानिन्छ । नेपालले ग्लोबल बेन्चमार्कभन्दा उच्च परिणाम हासिल गरी मेटलाइफको साझा उद्देश्य, समावेशिताप्रतिको प्रतिबद्धता र सकारात्मक कार्यसंस्कृतिको प्रतिबिम्ब देखाउने बताइएको छ ।

‘यो मान्यता केवल एउटा उपलब्धि होइन, हामीले सँगै निर्माण गरेको संस्कृतिको प्रमाण हो,’ मेटलाइफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘जब कर्मचारीले आफूलाई सम्मान गरिएको महसुस गर्छन्, उनीहरू आफ्नो उत्कृष्ट योगदान दिन सक्षम हुन्छन् ।’