
नेपाल चेम्बर अफ कमर्सले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यावहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।
सिडिएससीले अभौतिकीकृत धितोपत्रलाई संस्थापक र सर्वसाधारणलाई फरक आइएसआइएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक सेयर स्वत: सर्वसाधारणमा परिणत नहुने व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ ।
सिडिएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने र विशेषत: ऊर्जा क्षेत्र, सिमेन्ट, होटेल, उत्पादनमूलक उद्योग, मिडियालगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।