मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Saturday, 02 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण १६ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक किलोभन्दा बढी कोकिनसहित चारजना विदेशी नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार १४:१९:oo

एक किलो ६०६ ग्राम कोकिनसहित चारजना विदेशी नागरिक पक्राउ परेका छन् । ब्यागमा लुकाइछिपाई ल्याएको लागुऔषध कोकिनसहित विदेशी नागरिक पक्राउ परेका हुन् ।

काठमाडौंको इचंगुनारायणबाट दुईजना रसियन नागरिक र सिनामंगलबाट दुईजना भारतीय नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ । उनीहरूउपर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप भई अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जीवन निरौलाले जानकारी दिए ।