मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १७ शनिबार
  • Saturday, 02 August, 2025
लर्डस्
२o८२ श्रावण १७ शनिबार o६:५९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

गिलले तोडे गावस्करको ४७ वर्ष पुरानो रेकर्ड

Read Time : < 1 मिनेट
लर्डस्
नयाँ पत्रिका
२o८२ श्रावण १७ शनिबार o६:५९:oo

भारतका टेस्ट कप्तान शुभमन गिलले पूर्वकप्तान सुनील गावस्करको नाममा रहेको ४७ वर्ष पुरानो रेकर्ड तोडेका छन् । इंग्ल्यान्डविरुद्धको पाँचौँ तथा अन्तिम टेस्टको पहिलो इनिङ्समा गिलले २१ रन जोडेपछि गावस्करको रेकर्ड भंग भएको हो ।

विदेशी भूमिमा भारतका लागि टेस्ट फम्र्याटमा एकै सिरिजमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानका रूपमा गिल उत्कृष्ट बनेका छन् । उनले इंग्ल्यान्डविरुद्ध अहिलेसम्म सात सय ४३ रन जोडेका छन् । 

गिलले गावस्करको सन् १९७८/७९ को प्रदर्शनलाई पनि उछिनेका हुन् । गावस्करले वेस्ट इन्डिजविरुद्ध सात सय ३२ रन बनाएका थिए । इंग्ल्यान्डविरुद्धको पहिलो इनिङ्समा गिलले रन लिने प्रयासमा आफ्नो विकेट गुमाए ।

गावस्करले एकै टेस्टमा सबैभन्दा धेरै सात सय ७४ रन बनाउने कीर्तिमान राखेका छन् । उनले १९७१ मा वेस्ट इन्डिजविरुद्धको डेब्यु टेस्ट सिरिजमै यस्तो प्रदर्शन गरेका थिए । गिलले भारतको दोस्रो इनिङमा ४२ रन बनाउँदा गावस्करलाई तोडिनेछ । 

पाँचौँ टेस्टमा भारतले कमजोर ब्याटिङ प्रदर्शन गरेको छ । भारत ६९.४ ओभरमा दुई सय २४ रनमै समेटिएको छ । भारतका लागि करुन नायरले सर्वाधिक ५७ रन जोडेका थिए । भारतले ३८ अतिरिक्त रन पाएको थियो ।