मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 02 August, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

विश्वासको मत लिँदै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत लिइरहेका छन्। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा बैठक जारी छ।

केही बेरअघि बैठकको सुरुमै मुख्यमन्त्री शाहले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेश सभा बैठकमा पेस गरे। प्रस्ताव पेस गर्दै मुख्यमन्त्री शाहले आफू नेतृत्वको सरकारले गरेका कामको चर्चा गर्दै विश्वासको मत दिन आग्रह गरे।

मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा प्रदेश सभा बैठकमा अहिले छलफल भइरहेको छ। नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन्।

हाल ५२ सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक पर्छ। सत्तापक्षमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका १८ र सत्तासाझेदार नेकपा एमालेका ११ सांसदको समर्थन छ।