मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौँ ।
२o८२ श्रावण १३ मंगलबार १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बाढी पहिरोका कारण ८ स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध (सूचीसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ ।
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १२:o२:oo

अविरल वर्षपछि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोका कारण ८ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । यस्तै ५ वटा राजमार्गमा एकतर्फी मात्र सवारी सञ्चालनमा छन् ।

नेपाल प्रहरीले मंगलवार सार्वजनिक गरेको विवरणअनुसार  बागमती र लुम्बिनी प्रदेशका राजमार्गहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

प्रहरीका अनुसार सङ्खुवासभामा कोशी राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको छ भने रसुवामा नेपाल र चीन नाका जोड्ने पुल तथा सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरोध रहेको छ ।

यसैगरी  लम्जुङमा बेसिसहर–मनाङ सडक खण्ड पहिरोका कारण अवरुद्ध छ । गुल्मीको रुद्रवेणी वामी सडक खण्ड र रिडी–वामी सडक खण्ड पूर्णरुपमा अवरुद्ध छ ।

त्यस्तै, रुकुम पश्चिमको जाजरकोट डोल्पा भेरी करिडोर सडक खण्ड बाढीका कारण अवरुद्ध छ भने बैतडीको दशरथ चन्द राजमार्ग अवरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ ।

हेर्नुहोस् सुची:

 

प्रतिक्रिया दिनुहोस