मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १३ मंगलबार o७:४५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एन्फा यू–१६ लिगमा हिमालयनको कठिन जित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार o७:४५:oo

हिमालयन शेर्पा क्लबले एन्फा यू–१६ युथ लिगमा सोमबार सातदोबाटो युथ क्लबविरुद्ध १–० को कठिन जित दर्ता गरेको छ । जितसँगै ९ खेलमा १४ अंक जोडेको हिमायन आठौँ स्थानमै छ ।

नौवटै खेलमा पराजित सातदोबाटो अंकविहीन छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा अभी राईले खेलको ४१औँ मिनेटमा एक मात्र निर्णायक गोल गरेका थिए । अर्को खेलमा मच्छिन्द्रले त्रिभुवन आर्मीमाथि ५–० को फराकिलो जित निकालेको छ ।

मनाङ मर्स्याङदीले जावलाखेललाई ३–१ ले हरायो । जितसँगै मनाङले ९ खेलमा २० अंक जोडेको छ । मनाङ लिगको तेस्रो स्थानमा उक्लिएको छ । जावलाखेल समान खेलबाट १० अंकका साथ नवौँ स्थानमा छ ।

मनाङको जितमा ईश्वर दमाईं परियार, सिओम श्रेष्ठ र साकिन कुँवरले गोल गरे । जावलाखेलका लागि पूजन सुनारले गोल फर्काए । खेलको ८९औँ मिनेटमा मनाङ १० खेलाडीमा सीमित भयो ।