मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १३ मंगलबार
  • Wednesday, 30 July, 2025
गणेश लम्साल विराटनगर
२o८२ श्रावण १३ मंगलबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार

लागुऔषध बिक्री गर्ने मेडिकल सञ्चालक पक्राउ

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८२ श्रावण १३ मंगलबार १८:१o:oo

औषधि पसलबाट लागुऔषध बिक्री गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ।  मोरङको केराबारी गाउँपालिका–७, स्थित मुगु मेडिकलका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो।

बेलबारी नगरपालिका–८ का २८ वर्षीय मनीष कुँवरलाई प्रहरीले मंगलबार पसलमा बिक्री गर्न राखेको लागुऔषधसहित  पक्राउ गरेको जनाएको छ। 

आज बिहान मेडिकलबाट प्रतिबन्धित लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले छापा मारेको थियो। सोही क्रममा औषधि बिक्री गर्ने पसलबाट डिकोलिक चार हजार पाँच सय ट्याब्लेट र ट्रामाडोल चार हजार पाँच सय ट्याब्लेटसहित सञ्चालक कुँवरलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।