मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 29 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिन्धुलीमा एउटै परिवारका १६ जना सम्पर्कविहीन, मन्थलीमा लोकेसन ट्रयाक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२६:oo

सिन्धुलीमा लोपोन्मुख आदिवासी हायु समुदायका एकै परिवारका १६ जना सम्पर्कविहीन भएपछि खोजीमा प्रहरी परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार गोलान्जोर गाउँपालिका– ६, छेत्पानजिक भण्डास विप्पर कटेरीमा रहेका उर्मिला हायुको परिवार तीन दिनदेखि सम्पर्कविहीन बनेको खबर स्थानीयबाट प्राप्त भएपछि खोजी थालिएको हो। ‘घर एकान्तमा रहेछ । कुकुर भुकेको, भैँसी, बाख्रा कराएको थाहा पाएपछि स्थानीयले घर पुगेर हेर्दा कोही नभेटेपछि खबर गर्नुभएको हो, लगत्तै प्रहरी परिचालन भएको खोजी भइरहेको छ । मोबाइल फोनको लोकेसन रामेछापको मन्थली देखिएको छ। कतै घुम्न गएका हुन् कि भन्ने अनुमान पनि छ,’ भुसालले भने ।

गोलान्जोर गाउँपालिका– ६ का वडाध्यक्ष रविन श्रेष्ठका अनुसार भान्साघर जलेको छ भने भाँडा छरिएका छन्। खोरमा पाँचवटा बाख्रा छन्।
हायु परिवारका व्यक्ति गत शुक्रबारबाट सम्पर्कविहीन भएको अनुमान छ। तर, उनीहरू सम्पर्कविहीन भएको खबर सोमबार बिहान मात्र प्राप्त भएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।