मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 28 July, 2025
Invalid date format ११:o७:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिवाइडी सिलायन–७ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:o७:oo

नेपालमा बिवाइडी सिलायन–७ (सेभेन) सार्वजनिक गरिएको छ । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले इलेक्ट्रिक एसयुभी सेग्मेन्टको उक्त सिलायन–७ इभी सार्वजनिक गरेको हो । कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत चेन सोङको उपस्थिति रहेको थियो । उनले दिगो विकासको क्षेत्रमा चीन र नेपालको बढ्दो सहकार्यलाई उल्लेख गर्दै बिवाइडी सिलायन–७ जस्ता प्रविधिसम्पन्न विद्युतीय सवारीसाधनको प्रवेशले नेपालको विद्युतीय रूपान्तरणलाई अझ गति दिने विश्वास व्यक्त गरे । 

‘बिवाइडी सिलायन–७ मा नवीनतम विद्युतीय प्रविधि, प्रिमियम स्तरको कम्फर्ट र नेपालका लागि तयार पारिएको इन्जिनियरिङबाट संयोजन गरिएको छ । सय किलोवाट भेरियन्ट र आकर्षक प्रारम्भिक मूल्यसहित हामी नेपाली बजारमा अर्को एक महत्वपूर्ण मोडेल प्रस्तुत गर्न पाउँदा गर्व महसुस गरिरहेका छौँ,’ साइमेक्स इन्कका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने । 

यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ रहेको छ । तर, ‘अर्ली बर्ड’अन्तर्गत सीमित अवधिका लागि ७२ लाख ९९ हजार तोकिएको कम्पनीले जनाएको छ । अग्रिम बुकिङ गर्ने ग्राहकले विशेष वारेन्टी प्याकेजको सुविधा पनि पाउनेछन् । साइमेक्सले नेपालमा इभी रूपान्तरणलाई तीव्र बनाउने क्रममा बिवाइडीको सिलायन–७ मोडेल सार्वजनिक गरेको हो ।