मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १० शनिबार
  • Saturday, 26 July, 2025
२o८२ श्रावण १० शनिबार १४:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण १० शनिबार १४:o८:oo

यहाँको लहान–३, अस्पताल चोकदेखि आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु. १० लाख एक हजार ६९५ नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुलकुमार रहेका छन् ।

सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण सिराहाका गणपति, सशस्त्र प्रहरी उपरीक्षक नरेश भण्डारीका अनुसार बिहान करिब ९:३० बजे सुरक्षा बेस क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।