
नेपालले ३८औँ आइएसटिएफ विश्व च्याम्पियनसिपमा बिहीबार समान एक स्वर्ण र रजत जितेको छ । नेपालले मिक्स क्वाडमा स्वर्ण र पुरुष रेगुमा रजत जितेको नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले जानकारी दिएका छन् ।
मिक्स क्वाडमा रोशन तामाङ (कप्तान), सुमित्रा डंगोल, निरु थापामगर, पदम ठाडामगर र राजन नेपालीले प्रतिस्पर्धा गरेका थिए । चाइनिज ताइपेईले रजत तथा बंगलादेशले कांस्य जितेका छन् ।
थाइल्यान्डमा भइरहेको प्रतियोगिताको रेगुमा रोशन, पदम र राजनसहित सुजन थिङ र सनम पुर्जामगरले खेलेका थिए । यस विधामा चाइनिज ताइपेईले स्वर्ण जित्यो ।