मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 26 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राति २ बजे टिकटक बनाएका दिदीबहिनी बिहान मृत भेटिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:१२:oo

भक्तपुरमा दुई किशोरी एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्। सुर्खेतको पञ्चपुरी– ८ स्थायी घर भएका १७ वर्षीया मेनुका कँडेल र उनकी बहिनी १५ वर्षीया सिर्जना कँडेल मृत भेटिएका हुन्। 

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका– ८, बोडे सिन्टिटारस्थित एक घरमा डेरामा बस्दै आएका उनीहरू नाइलनको डोरीमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डिएसपी ढुन्डीराज न्यौपानेले बताए। प्यासेजमा रहेको फलामको डन्डीमा नाइलनको डोरी बाँधेर डोरीको दुई भागमा एक–एकजना झुन्डिएको अवस्थामा भेटिएका हुन्।

प्रहरीका अनुसार उनीहरूको परिवारको भारतको मुम्बईमा बस्दै आएका छन्। उनीहरू दुई साताअघि भक्तपुर आएर त्यहाँ डेरामा बस्दै आएका थिए। उनीहरू हराएको भन्दै परिवारले प्रहरीमा उजुरी दिनेदेखि सञ्चारमाध्यमबाट खोजीका लागि हारगुहार गर्दै आएका थिए। 

 

 

मृतक दिदीबहिनीले बिहीबार बिहान टिकटक बनाएर त्यसमा नाइलनको डोरीसमेत देखाएका थिए। टिकटकमा मरेर गए पनि नतोडिने बन्धन माया हो बोलको गीतमा टिकटक बनाउँदै त्यसमा डोरीको फोटोसमेत देखाएका थिए। उनीहरूको मोबाइलमा पनि आफूहरू मर्न लागेको भनेर भिडियो बनाएको देखिन्छ। 

मृतकका बुवा वासुदेव कँडेल मुम्बईबाट आजै आएपछि मात्र प्रहरीले शव उठाउने तयारी गरेको छ। मुम्बईबाट कम्प्युटर क्लास जान भनेर उनीहरू निस्किएको परिवारले जनाएको छ। परिवार आएपछि घटनाबारे विस्तृत अनुसन्धान गरिने प्रहरीले जनाएको छ। उनीहरूको आत्महत्या नै हो वा अन्य केही भन्ने विषयमा पोस्टमार्टम गरेपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ।