मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 24 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:११:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:११:oo

आगामी साउन २३ गते जनैपूर्णिमाको अवसरमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘सिटामोल’को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक तीन मिनेट २० सेकेन्ड लामो ट्रेलरमा हल्का शैलीको कमेडी, सटिक संवाद र सामाजिक व्यंग्यले भरिएको छ।

सिनेमाको सार्वजनिक ट्रेलरका सुरुका दृश्यहरूमा नेपाली समाजमा देखिने पारिवारिक झमेला, गरिबी, बेरोजगारी र सरकारी लापरबाहीलाई हास्यव्यंग्यको रूपमा प्रस्तुत गरिएको छ। मुख्य पात्रहरू गाउँले परिवेशमा देखिन्छन्, जहाँ मानिसले सामान्य समस्या समाधानका लागि पनि धेरै दुःख पाइरहेकाे देखिन्छ।

सिनेमामा सामाजिक सन्देशलाई हास्यरसको माध्यमबाट प्रस्तुत गर्ने प्रयास गरिएको छ, जसले दर्शकलाई हँसाउँदै सोच्न पनि बाध्य पार्ने संकेत ट्रेलरले दिएको छ। पात्रहरूले बोलेका संवाद, तिखा कटाक्ष र सरल तर गम्भीर प्रसंगहरूले ट्रेलरलाई प्रभावशाली बनाएको छ। ट्रेलरमा सौगात मल्ल र बेनिशा हमालको दमदार अभिनय झल्किन्छ।

राजबहादुर साने निर्देशित चलचित्रमा सौगात र बेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली, आराध्या राज्यलक्ष्मी डिसीको अभिनय छ।

तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मसकाे सहकार्यमा निर्माण गरेको चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेखेका हुन्। सिमोस सुनुवारको प्रस्तुति रहेको सिनेमामा भूगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता अनि गंगाराम श्रेष्ठ सहनिर्मातामा छन्।