मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ८ बिहीबार
  • Friday, 25 July, 2025
२o८२ श्रावण ८ बिहीबार २१:o९:oo
Read Time : < 1 मिनेट
समाचार

सल्यान दुर्घटना अपडेटः एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ८ बिहीबार २१:o९:oo

सल्यानमा बिहीबार दिउँसो भएको गाडी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुमाख गाउँपालिका–४ का ७३ वर्षीय कालिभान राना रहेका छन् । गम्भीर घाइते रानाको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए । 

नेपालगन्जबाट सल्यानको रागेचौर हुँदै रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको भे१ख ३९९४ नम्बरको एसएमएल गाडी कुमाख गाउँपालिका–२ बराई जिउला मोडमा दुर्घटना भएको थियो । 

दुर्घटनामा चालकसहित १५ जना घाइते भएका थिए । घाइते हुनेमा सल्यान कुमाख गाउँपालिका–४ का चालक पारस आचार्य, भूपेन्द्र बस्नेत, टीकाराम आचार्य, सुर्खेत भेरीगंगा नगरपालिका–९ की तुलसा सुनार, सल्यान कुमाख गाउँपालिका–२ की दीपा बुुढाथोकी, उनकी ६ वर्षीया छोरी कोपिला बुढाथोकी रहेका छन् ।  

यस्तै, कुमाख गाउँपालिका–१ का इन्द्र रावत, कुमाख–४ का डोले बस्नेत, रुकुम पश्चिम चौरजहारी नगरपालिका–१ का चन्द्री बस्नेत, कुन्ता विष्ट, सल्यान कुमाख गाउँपालिका–४ का निर्मला बुढाथोकी, जेनिसा राना, महेन्द्र बस्नेत र भुवन लामिछाने रहेको प्रहरीको भनाइ छ । 

घाइतेमध्ये १३ जनाको कोहलपुरमा उपचार भइरहेको छ भने एकजनाको चौरजहारी मिसन अस्पताल रुकुम पश्चिममा उपचार भइरहेको छ ।