मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ६ मंगलबार
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण ६ मंगलबार १२:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण ६ मंगलबार १२:४१:oo

नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बैठक सुरु भएको एमाले पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

आजको बैठकमा पार्टीको सचिवालय र पोलिटब्युरो बैठकद्वारा पारित  उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रतिवेदन र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रस्ताव प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्। 

सोमबार बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले आज प्रतिवेदनमाथि आफ्नो धारणा राख्नेछन्। आज कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूले उक्त प्रस्तावमाथि आ–आफ्नो धारणा राख्ने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए । प्रतिवदेनमाथि धारणा राख्न प्रत्येक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटको समय उपलब्ध गराइएको छ । सोमबार प्रतिवेदनमाथि ४९ केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए ।