मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 21 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:५९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विद्युत् प्राधिकरणका कर्मचारीको मूल्यांकन अब अनलाइनबाटै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:५९:oo

नेपाल विद्युत् प्राधिकरणले अब विद्युतीय माध्यम अर्थात् अनलाइनबाट कर्मचारीहरूको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था लागू गरेको छ । नेपाल विद्युत् प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली, २०७५ को विनियम ५९ को उपविनियम (२९) मा प्राधिकरणले विद्युतीय माध्यममार्फत कार्यसम्पादन मूल्यांकन फाराम भर्ने र मूल्यांकन गर्ने व्यवस्था छ । साथै, त्यो सुरक्षित तथा गोप्य रहने गरी अभिलेख राख्ने व्यवस्था मिलाउन सकिनेछ भन्ने उल्लेख छ । 

त्यसलाई कार्यान्वयन गर्दै चालू आवको साउन १ गतेदेखि विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्यांकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको हो । 

सम्भवतः नेपालको निजामती सेवा तथा सार्वजनिक संस्थानमा प्राधिकरणले पहिलोपटक विद्युतीय माध्यमबाट कर्मचारीको कार्यसम्पादन मूल्याकन फाराम भर्ने, मूल्यांकन तथा व्यवस्थापन गर्ने प्रक्रिया लागू गरेको हो । यसबाट कार्यसम्पादन मूल्यांकन नियमित, निष्पक्ष, सरल, मितव्ययी, गोप्य, सुरक्षित र विश्वसनीय हुने बताइएको छ ।