मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार १o:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कमलामा छाडियो दुई लाख माछाका भुरा

कर्जन्हा नगरपालिका र मत्स्य विकास केन्द्रले जैविक विविधता संरक्षण गर्न डेढ लाख रुपैयाँका भुरा छाडे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १o:१o:oo

स्थानीयको जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यसहित बिहीबार सिराहाको पश्चिमवर्ती कर्जन्हा नगरपालिका– १, उत्तरवाहिनीस्थित कमला नदीमा माछाका भुरा छाडिएको छ ।

कर्जन्हा– १ जनप्रतिनिधि, मत्स्य विकास केन्द्रका प्रतिनिधि र स्थानीय बासिन्दाको उपस्थितिमा रहु र नैनी प्रजातिका करिब दुई लाख माछाका भुरा छाडिएको कर्जन्हा– १ का वडाध्यक्ष फणीन्द्रप्रसाद पोखरेलले जानकारी दिए । उनका अनुसार वडा कार्यालयको सहजीकरण र समन्वय तथा लहानस्थित मत्स्य विकास केन्द्रको सहयोगमा माछाका भुरा छाडिएको हो । 

‘सिराहा, धनुषा र उदयपुरको संगम पवित्र धार्मिकस्थल उत्तरवाहिनीमा छाडिएका माछा हुर्किएपछि माछा मारेर जीविका चलाउँदै आएका स्थानीयलाई टेवा पुग्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘कमला नदीमा प्राकृतिक रूपमा रैथाने प्रजातिका माछा पनि पाइन्छन्, नदीको पानीमा हुर्किन सक्ने उन्नत प्रजातिका भुरा हालिएकाले नदीमा आश्रित बासिन्दाका लागि राम्रो हुन्छ ।’

‘सार्वजनिक जलाशयमा जैविक विविधता संरक्षणका लागि माछाका भुरा छाड्ने कार्यक्रम’अन्तर्गत कमला नदीमा भुरा छाडिएको केन्द्रकी प्रमुख प्रियंका यादवले बताइन् । उनका अनुसार जैविक जलाशयको संरक्षणसहित स्थानीयको जीविकामा सहयोग पुर्‍याउन सरकारी दररेटमा प्रतिगोटा ७५ पैसाका दरले डेढ लाख रुपैयाँ मूल्यको भुरा छाडिएको हो । चालू आवको कार्यक्रमअन्तर्गत भुरा छाडिएको उनले बताइन् ।