मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार ३१ मंगलबार १७:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थतन्त्र धेरै राम्रो भइसक्यो, हिमाली क्षेत्रका नागरिक ‘हट सावर’ गर्छन् : एमाले सांसद शेर्पा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १७:२९:oo

एमाले सांसद सोनाम गेल्जेन शेर्पाले राम्रोलाई राम्रो भन्न नसक्नेहरूले राजनीतिलाई दूषित गरेको टिप्पणी गरेका छन्।

मंगलबार राष्ट्रिय सभामा बोल्दै सांसद शेर्पाले दिमाग नै नकारात्मक भइसकेकाहरूले देशमा भएको विकास नदेखेको बताए।

‘हामी राजनीतिलाई यस्तो दूषित बनाउँदै छौँ– राम्रो कामलाई राम्रो भन्न नसक्ने, नराम्रो कामलाई नराम्रो भन्न नसक्ने। हामीले कस्तो खालको राजनीति विकास गरिरहेका छौँ?’ उनले भने, ‘हाम्रो दिमाग नै नेगेटिभ भइसक्यो, हामी पोजेटिभ कुरा गर्नै सक्दैनौँ।’

चिसोले नुहाउनै नसकिने हिमाली क्षेत्रका नागरिकले दैनिक ‘हट सावर’ गर्ने (तातो पानीमा नुहाउने) भएका तर्क गर्दै सांसद शेर्पाले अर्थतन्त्र निकै सुधार भएको दाबी गरे।

‘मेरै कुरा गर्दा हिमालमा हाम्रै जातका मान्छेहरूले एक वर्ष, ६ महिना नुहाउँदैन थिए। तर, आज इकोनोमी यति राम्रो भएको छ, हाम्रै जातका मानिसहरू हिमाली क्षेत्रमा जहाँ माइनस १९ डिग्री हुन्छ, हट सावर बनाएर दिनको एकचोटी नुहाउने अवस्था छ। यो प्रगति होइन त ?’ उनले भने।