मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार o९:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङमा छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार o९:२५:oo

दाङमा छुट्टाछुट्टै घटनामा चारजनाको मृत्यु भएको छ। बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर तुलसीपुरका दुई किशोरको मृत्यु भएको छ । बबई गाउँपालिका– ४, पुरन्धारा छहरानजिकै नदीमा पौडी खेल्ने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– २ निवासी १७ वर्षीय विधान केसी र सोही ठाउँका १६ वर्षीय कुशल बुढामगर रहेका छन् ।

साथीहरूसँग पौडी खेल्न गएका उनीहरू नदीमा डुबेर हराएको हापुरे इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख देव केसीले जानकारी दिए। शव परीक्षणका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा राखिएको  छ ।

त्यसैगरी,  मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । रामपुर–घोराही  सडकको सिस्नेखोला पुलमा दुर्घटनामा परी गढवा गाउँपालिका– ८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विकको मृत्यु भएको हो । दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए।

रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा.७प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका– ४, सिस्नेखोलामा बेलुका ७ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । दुवैजनाको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले जनाएको छ ।