मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार ३१ मंगलबार
  • Tuesday, 15 July, 2025
२o८२ असार ३१ मंगलबार १५:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नौ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ असार ३१ मंगलबार १५:२४:oo

कैलालीको त्रिनगर भन्सार नाकाबाट लागुऔषध खैरो हेरोइनसहित एक युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका– ८ का ३१ वर्षीय उमेश चौधरीलाई नौ ग्राम ३५० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भन्सार क्षेत्रमा चेकजाँच गर्ने क्रममा चौधरीसँग लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

चौधरीलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त लागुऔषध भारतबाट ल्याएको बुझिएको छ।