मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
बिचौलियाले मन्त्री गुप्तालाई घुसस्वरूप बुझाएको दाबी गर्दै अख्तियारमा पेस गरेको ५३ लाख रकमको तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कहाँ हो त्यो सम्बन्धित ठाउँ ?

बिचौलियाले एक ठाउँ ‘बा’ भनेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको पनि प्रसंग निकालेका छन् 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:४४:oo

अडियो संवादमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जिल्ला भूमिसुधार कार्यालय कास्कीमा प्रमुखको थमौतीका लागि लिने रकम (५३ लाख) अर्को दिन सम्बन्धित ठाउँमा पुर्‍याउने भनेर अर्को शक्तिकेन्द्र पनि जोडेका छन् ।

बिचौलियाले ‘सत्यनारायण हाम्रो गुरुजी हो । मन्त्रीज्यू म मगाइदिन्छु । र तपाईं राख्नू’ भनेका छन् । जवाफमा मन्त्री गुप्ताले भनेका छन्, ‘राख्ने होइन, भोलि बिहानै दिएर पठाउनुपर्छ । सम्बन्धित ठाउँमा पुर्‍याइदिन्छु ।’ दुवै मन्त्री एमाले नेता हुन् ।

गुप्ताले सम्बन्धित ठाउँ भनेर सरकारको, पार्टी नेतृत्व वा अन्य कुनै शक्तिकेन्द्रतिर इसारा गरेको स्पष्ट छ, तर कुन भन्ने जवाफ छैन । तर, बिचौलियाले एक ठाउँ ‘बा’ भनेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीको पनि प्रसंग निकालेका छन् ।

याे पनि पढ्नुहाेस् >> मन्त्री गुप्ताको ७८ लाख घुस ‘डिल’