मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २६ बिहीबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २६ बिहीबार १४:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

शंकर पोखरेल भन्छन्– राष्ट्रिय महाधिवेशनले पारित गरेको विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २६ बिहीबार १४:२७:oo

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनले पारित गरेको विधानका विषयमा प्रश्न उठाउनु संगठनात्मक अराजकता भएको बताएका छन्। आगामी भदौमा हुने भनिएको विधान महाधिवेशनको तयारीका सन्दर्भमा आज ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन गर्दै उनले आफू सहभागी भएर पारित गरेको विधानका बारेमा प्रश्न उठाउनु संगठनात्मक अराजकता भएको बताए । 

महासचिव पोखरेलले विधान महाधिवेशनले अन्तिम रूप दिएका कतिपय प्रावधान तत्कालीन आवश्यकताका आधारमा  राष्ट्रिय महाधिवेशनले संशोधन गर्न सक्ने धारणा राखे । ‘दुवै महाधिवेशनका प्रतिनिधि भएर त्यस्ता प्रावधान आफैँ अनुमोदन गर्ने अनि अहिले आफैँ प्रश्न गर्दै हिँड्ने कुरा अनैतिक हो,’ उनले भने, ‘राष्ट्रिय महाधिवेशनले पास गरेका विषयमा टिप्पणी गर्दै हिँड्ने कुरा अनुशासनहीन र अराजक हो । जसले यस्ता गतिविधि गर्दछ त्यसको प्रतिवाद गर्नुपर्दछ ।’

उनले  पार्टी र नेतृत्वविरुद्धको आक्रमण गत वर्ष पार्टीका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरेदेखि झनै बढेको बताए। एमाले सरकारमा रहेको धेरैलाई मन नपरेकाले अनेक लाञ्छना लगाएर हरेक दुई महिनामा सरकार परिवर्तनको हल्ला फैलाइने गरेको उनको भनाइ छ ।

‘विधान महाधिवेशन हो, राष्ट्रिय महाधिवेशन होइन । त्यसैले अहिले कुनै नेताका नाममा कित्ताकाट हुनु जरुरी छैन,’ उनले भने, ‘जतिवेला जे काम पर्छ त्यही गर्नुहोस्। नीति र नेतृत्व निर्माणको भिन्नता नेताहरूले थाहा पाउनुहोस् ।’ महासचिव पोखरेलले जनसंगठनमा हालै भएका महाधिवेशनका दस्ताबेज केन्द्रीय कार्यालयमा साता दिनभित्र पठाउन निर्देशनसमेत दिए। पार्टी स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले पार्टीको निर्णयविरुद्ध नबोली नेता भइँदैन भन्ने मानसिकता त्याग्न आग्रह गरे ।  भेलालाई केन्द्रीय सदस्यद्वय विष्णु रिजाल, रचना खड्कालगायतले पार्टीको विधि र विधानविपरीत नबोल्न नेता तथा कार्यकर्तालाई आग्रह गरे ।