१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २३ सोमबार १o:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एसइईमा उत्कृष्ट नतिजासहित उत्तीर्ण भएका गोदावरी- ३ का विद्यार्थी सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १o:३o:oo
  • उत्कृष्ट नतिजासहित उत्तीर्ण  भएका माध्यमिक तहका आठवटा विद्यालयका १८ जना विद्यार्थी  सम्मानित

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट भएका गोदावरी नगरपालिका– ३ का विद्यार्थी, अभिभावक र विद्यालयलाई सम्मान गरिएको छ । गोदावरी नगरपालिका– ३ ले आइतबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट नतिजासहित उत्तीर्ण  भएका माध्यमिक तहका आठवटा विद्यालयका १८ जना विद्यार्थीहरूलाई सम्मान गरेकाे हाे ।

सम्मानित हुनेहरूमा किटानी माध्यमिक विद्यालयका स्वस्तिका राई, वसन्ती विक, रोहन तिमल्सिना, सरिता मोक्तान, जयश्री रोकाया र रुविन धिताल, पुष्पाञ्जली अंग्रेजी माध्यमिक विद्यालयका समृद्धि बस्नेत, मञ्जिल महत, सुमना श्रेष्ठ र आशिष लिम्बू, सुर्योदय शैक्षिक विकास प्रतिष्ठानका सार्थक आचार्य, क्रसेन्ट अंग्रेजी माध्यमिक विद्यालयका प्रदिका लामा र मञ्जिला मगर रहेका छन् ।

त्यस्तै, विद्यासागर अंग्रेजी माविका युनिका शेर्पा, रुविन बिसुंखे र आस्था विसुंखे, सेन्ट जेभियर गोदावरीका शान्वीश्री सिल्वाल र स्तुति सुवेदी उत्कृष्ट विद्यार्थी सम्मानबाट सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा मन्तव्य राख्दै गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जनले विद्यार्थी, अभिभावक र विद्यालयको अथक मिहिनेतले यो उत्कृष्ट नतिजा हासिल भएको भन्दै अध्ययनका लागि ठुलो महँगो कलेजभन्दा पनि विद्यार्थीहरूमा दृढ इच्छाशक्ति र लगनशीलता आवश्यक रहेकोमा जोड दिए ।

यस्तै, उपप्रमुख मुना अधिकारीले नगरपालिकाले नि:शुल्क तथा अनिवार्य शिक्षा घोषणा गरिसकेको जानकारी गराउँदै सामुदायिक विद्यालयको नतिजा सुधारमा ध्यान दिएको बताइन् । उनले विद्यार्थीलाई माध्यमिक तहको शिक्षा पूरा गरी उच्च शिक्षा हासिल गरेर जीवनको लक्ष्य हासिल गर्न उत्प्रेरित गरिन् । 

वडाध्यक्ष राज घिमिरेले आफ्नो समयमा अध्ययनका लागि कपी–कलम सहज रूपमा नपाउने अवस्थामा सम्मानको त कल्पनै नभएको भन्दै अहिले पाएको अवसर र सम्मानलाई ध्यान दिँदै उज्ज्वल भविष्य निर्माणका लागि क्रियाशील हुन विद्यार्थीहरूलाई आग्रह गरे ।

गोदावरी नगरपालिकाको शिक्षा तथ खेलकुद शाखा प्रमुख दीनानाथ पन्थीले अहिले गोदावरी नगरपालिकाका विद्यालयहरूले उत्कृष्ट नतिजा हासिल गरेर इतिहास कायम गर्न सफल भएको भन्दै यस नगरपालिकालाई शिक्षाको हबको रूपमा विकास गर्ने गरी भइरहेको काममा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए ।