१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २३ सोमबार १o:oo:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल–कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १o:oo:oo

आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल–कोरिया सांस्कृतिक, पर्यटन तथा शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ । एएमएस म्युजिक एँड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा दक्षिण कोरियाको राजधानी सोलमा प्रदर्शनी आयोजना हुने भएको हो । 

काठमाडौंमा आइतबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीकी अध्यक्ष सत्यकला तामाङ लामाले आगामी नोभेम्बरमा दक्षिण कोरियामा विशेष कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् । नेपाल र दक्षिण कोरियाबिच सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवद्र्धन, नेपाली खाना तथा सामग्री प्रदर्शनीका साथै शैक्षिक तथा श्रमबारे बहस गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको उनले बताइन् ।

वर्ल्ड पिस युनियन र सर्भिस ओरियन्टेड इन्टरएक्टिभ भिडियो एप्लिकेसनको सहकार्यमा आयोजना हुने कार्यक्रममा नेपाली राष्ट्रिय कलाकारको विशेष प्रस्तुति रहनेछ । पत्रकार सम्मेलनमा कम्पनीकी प्रबन्ध निर्देशक फुर्वा ग्याल्बो मोक्तान (थुप्तेन)ले कार्यक्रमले दुई देशबिचको सम्बन्ध विस्तारका साथै नेपालमा पर्यटक बढाउन पनि सहयोग पुग्ने बताइन् । उक्त कार्यक्रमका लागि वर्ल्ड पिस युनियन अर्गनाइजेसन, वर्ल्ड पिस एम्बासडरका नेपाल गुडविल एम्बासडर योसेफ काङ र आयोजक कम्पनीका अध्यक्ष लामाबिच सम्झौतासमेत भएको छ।