१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २३ सोमबार o९:१९:oo
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई ३ प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार o९:१९:oo

असारमै आएर मात्र विकास निर्माणले तीव्रता पाउनुको कारण के होला ?
यसबारे मैले पनि बुझ्न सकेको छैनँ । २५ असारदेखि त सबैको खाता बन्द नै हुन्छ । तैपनि, रातारात काम भइरहेको सुनिन्छ, देखिन्छ । यसबारे मिडियाले पनि आफ्ना स्थानीय संवाददाताहरूमार्फत सूचना संकलन गरी कसले, कहाँकहाँ, कहिले, केकस्ता निर्माणका काम गरिरहेका छन्, त्यसको समाचार सार्वजनिक गरेर कमजोरी देखाउनेहरूको भन्डाफोर गर्न सक्नुपर्छ । ठेक्कामै समय तोकिएको हुन्छ । समयमै ठेक्का पनि लाग्छ । तैपनि ठेकेदार कम्पनी र कर्मचारीको मिलेमतोमा यस्तो भएको छ भने त्यसको ‘एक्सपोज’ गर्नु जरुरी छ । यस्तै प्रयासले त हो, विगतमा पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेको । 

यसबाट विकास निर्माण र देशको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ ?
सबैभन्दा पहिले त यसबाट कमसल काम हुन्छ । विकास निर्माण टिकाउ हुन सक्दैन, स्रोतको दुरुपयोग हुन्छ । जनताले बडो दु:खले तिरेको स्रोतको दुरुपयोग भएपछि अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्छ । त्यसबाट महँगी बढ्न सक्छ । राज्यका सेवा, सुविधामा कटौती हुन सक्छ । सीमित व्यक्ति र संस्थाले ठगेर खाने र बाँकी सबै पीडित हुने अवस्था आउन सक्छ । 

यसमा सुधार ल्याउन के गर्नुपर्ला त ?
समयमै पैसा निकासी भएन भने राज्यलाई प्रश्न गर्न मिल्छ । अन्यथा, पैसा निकासी हुँदाहुँदै पनि ढिलाइ भएको भए त्यसमा सम्बन्धित पक्षको नियत खोटो हुन सक्छ । कतिपयमा अप्ठ्यारो समय आएपछि मात्र पैसा माग्न जाने र त्यतिखेर नियमन पनि खासै नहुने भएकाले मौका छोप्ने प्रवृत्ति देखिन्छ । यसलाई सुधार्न मिडिया, महालेखा, अख्तियारजस्ता जिम्मेवार एजेन्सीले चासो राखेर काम गर्ने हो भने सुधार हुन सक्छ ।