१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १८:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान कायमै

‘कुलिङ पिरियड’मा भएको बदमासी छानबिन गर्न संसदीय समिति बनाउन माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा आफ्नो माग यथावत राख्दै संसदमा जारी प्रतिरोध कायमै राख्ने जनाएको छ। उच्चस्तरीय छानबिन आयोग गठन र गृहमन्त्रीको राजीनामाको माग यथावत रहेको प्रस्ट पार्दै रास्वपाले संसदमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको हो।

बिहीबार बसेको रास्वपा सचिवालय बैठकको निर्णयमा भनिएको छ, ‘भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने र छानबिनको लागि सहजीकरणको लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीले लिएको अडानबारे छलफल गरियो र पार्टीको अडान कायम राखी संसदमा यस विषयमा भइरहेको प्रतिरोध कायम राख्ने।’

यसैगरी, रास्वपाले निजामती विधेयकमा कुलिङ पिरियडमा भएको बदमासी संसद्को सार्वभौमिकतामाथि प्रहार भएको जनाएको छ। यसको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपापले संसदीय छानबिन समिति बनाउनुपर्ने माग राखेको छ।

‘कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अनदेखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दछ। संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सह्य नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ,’ निर्णयमा भनिएको छ।